Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

आइतबार, १९ पुस २०७७, ०९ : १० मा प्रकाशित

प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

प्राइम कमर्सियल बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतबार) रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष २० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पाैष १९ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे १३औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार हुँदैछ ।

सभामा संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको