Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

अर्थ संसार

सोमबार, २० पुस २०७७, १४ : ३२ मा प्रकाशित

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उदेश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई इसेवामा आबद्ध गर्दै लगेको छ । 

अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले हस्ताक्षर गर्नुभयो । 

एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन । 

अहिलेको विषम परिस्थितीमा भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनिकरण हुने छन्  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको