Like us!
Follow us!
Connect us!
Watch us!

नोक्सानीबाट नाफामा फर्कियो एनएमबि लघुवित्त, ६ करोड ३८ लाख कमाइ

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, ०७ : २९ मा प्रकाशित

नोक्सानीबाट नाफामा फर्कियो एनएमबि लघुवित्त, ६ करोड ३८ लाख कमाइ

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको घाटा हटाउँदै २०८१/८२ मा नाफा कमाउन सफल भएको छ। संस्थाले चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको हो। अघिल्लो वर्षको सोही अवधिमा यसले ५ करोड २९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो।

नाफा बढ्नको मुख्य कारणमा खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि र इम्पेयरमेन्ट चार्ज ऋणात्मक हुनु परेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६१.८३ प्रतिशतले बढेर ४३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी ४२.२५ प्रतिशतले बढ्दै ५ करोड ८८ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष ऋणात्मक ५ करोड ३२ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा पनि बढेर ६ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको १ करोड १० लाख रुपैयाँबाट घट्दै यस वर्ष ३ करोड ५ लाख रुपैयाँ ऋणात्मक भएको छ।

चौथो त्रैमाससम्ममा लघुवित्तले ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थाको वितरणयोग्य नाफा ४ करोड ७५ लाख रुपैयाँ छ भने जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित छ। प्रतिसेयर आम्दानी (EPS) ८ रुपैयाँ ८५ पैसा, वितरणयोग्य EPS ६ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको