Like us!
Follow us!
Connect us!
Watch us!

स्वस्तिक लघुवित्तको आईपीओ आज बिहान बाँडफाँड हुँदै

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, ०८ : ०४ मा प्रकाशित

स्वस्तिक लघुवित्तको आईपीओ आज बिहान बाँडफाँड हुँदै

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर (आईपीओ) आज बिहीबार बिहान १० बजे बाँडफाँड हुने भएको छ। कम्पनीले सर्वसाधारणका लागि साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आईपीओ आवेदन खुला गरेको थियो।

यसअन्तर्गत कम्पनीले १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्काशन गरेको हो। माग अत्यधिक भएकाले करिब १९ हजार ५ सय १९ जना मात्र भाग्यशाली लगानीकर्ताले सेयर प्राप्त गर्नेछन्।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ भद्रैसाथ बाँडफाँड गरिसकिएको थियो। नेपाल धितोपत्र बोर्डले गत असार ५ गते स्वस्तिक लघुवित्तलाई आईपीओ जारी गर्न अनुमति दिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको