Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस् ! माघ २ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चरको आइपिओ खुल्दै,कति दिने आवेदन ?

अर्थ संसार

सोमबार, २० पुस २०७७, १९ : ११ मा प्रकाशित

पैसा जम्मा गर्नुहोस् ! माघ २ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चरको आइपिओ खुल्दै,कति दिने आवेदन ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गते साधारण सेयर (आइपिओ) न निष्काशन गर्ने भएको छ । बैंक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन हुन लागेको हो । 

बैंकले अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।  ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि बैंकले क्रेडिट रेटिङ्ग पनि गराइसकेको छ। इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

कति दिने आवेदन ?  

८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन हँुदा न्यूनतम ५० कित्ता देखि बढीमा ८० कित्ताको लागि आवेदन दिँदा राम्रो हुन्छ । 

लगानीको सुनौलो अवसर !! Chandragiri Hills को IPO बारे सम्पूर्ण जानकारी | कम्पनी कस्तो छ त ?

सेयर बजारमा बुझ्ने ब्यक्ति मात्रै आउने हो, जोखिम लिन नसक्ने ब्यक्ति नआउनु राम्रो | Gunanidhi Bhusal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको