Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, १४ : ३७ मा प्रकाशित

शिखर इन्स्योरेन्सले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो (पौष २० गते, सोमबार) बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट  आफ्ना सेयरधनीहरुलाई  ३६.१ प्रतिशत बोनस सेयर  र १.९ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गारी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा कम्पनीबाट हकप्रद सेयर जारी गरी चुक्तापुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हुँदा उपरोक्ता लाभांश आगामी वार्षिक साधारणसभाका लागि निर्धारण हुने बुकक्लोजको मितिसम्म कायम हुने सेयरपुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँमा २७.७६९ प्रतिशतले हुने बोनस सेयर र १.४६२ प्रतिशत हुन आउने नगद लाभांश गरी कुल २९.२३१  प्रतिशत हुने पनि कम्पनीले जनाएको  छ। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको