Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणाले शिखर इन्स्योरेन्सको कारोबारमा उछाल, झिनो अंकले घट्यो नेप्से

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, १५ : २२ मा प्रकाशित

लाभांश घोषणाले शिखर इन्स्योरेन्सको कारोबारमा उछाल,  झिनो अंकले घट्यो नेप्से

आज (मंगलबार) सेयर बजारले ओरालो यात्रा तय गरेको  छ  । आज नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.५४ अंकमा पुगेको छ  । नेप्से ०.१६ प्रतिशले घटेको हो । 

यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ४१५.१५ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ८ लाख ९ हजार ६ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ६३ लाख ८१  हजार १ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ९  उपसमुहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६९ करोड ६लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको