Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, १६ : १७ मा प्रकाशित

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए

आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.५४ अंकमा पुगेको छ  । नेप्से ०.१६ प्रतिशले घटेको हो । 
यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ४१५.१५ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ८ लाख ९ हजार ६ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ६३ लाख ८१  हजार १ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यी हुन् सेयर बजार घट्दा सबैभन्दा धेरै गुमाउने यी १० कम्पनी 

सेयर बजार घट्दा सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशले गुमाएको छ ।

त्यसैगरी क्रमसः राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमोटर सेयर, हिमालयन डिस्टिलरी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड,  नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, आइसिएफसि फाइनान्स लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था, सोल्टी होटल लिमिटेड र युनाइटेड फाइनान्स लिमिटेडले पनि सर्वाधिक नाफा गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको