Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सानिमा बैंकको ३० प्रतिशत हकप्रद सेयर खुल्यो

आइतबार, १७ बैशाख २०७४, १२ : ५८ मा प्रकाशित

आजदेखि सानिमा बैंकको ३० प्रतिशत हकप्रद सेयर खुल्यो

अर्थ संसार, 
काठमाडौं– आजदेखि सानिमा बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन भएको छ । बैंकले १० बराबर ३ को अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

बैंकको सेयरमा लगानीकर्ताले (आज) वैशाख १७ गते बाट २०७४ जेठ २१ गते सम्म आवेदन दिन सक्नेछन् ।

 बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद शेयर निष्काशन  गरेको  हो ।

सिबिआईएल क्यापिटल लिमिटेड

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको वर्तमान अवस्था

बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ६२ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ५ अर्ब ३० करोड ५८ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले ३० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्तापूँजी ६ अर्ब ९० करोड पुग्नेछ ।

हकप्रद सेयर निष्काशन गरि बाडँफाँट गरे पश्चात् बैकको सेयर संरचना संस्थापक सेयरधनीहरु ५१ प्रतिशत र सर्वसाधारण शयरधनीहरु ४९ प्रतिशत रहनेछ ।

नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा बैंकले थप एक अर्ब १४ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको