Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्दा अन्य सूचक के भए ?

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १२ : २१ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्दा अन्य सूचक के भए ?

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवतरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफामा ४०.६९ प्रतिशतले गिरावट आएको छ ।  
 
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७२ करोड ७६ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको यो नाफा १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ थियो । 

त्यस्तै, बैंकको सञ्चालन नाफा पनि ४०.६९ प्रतिशतले घटेर १ अर्ब ४ करोड ४० लाख ६५ हजार रुपैयाँ सिमित भएको छ । बैंकले गत वर्षको सोहि अवधिमा १ अर्ब ७६ करोड ३ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको गरेको थियो । 


त्यसैगरी, बैंकको चुक्तापूँजी ८ अर्ब ५७ करोड २२ लाख ३१ हजार रुपैयाँ रहेको छ भने ५ अर्ब ७७ करोड ६७ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।  बैंकको प्रतिशेयर आम्दानी रू. १६.९८ र प्रतिशेयर नेटवर्थ रू. १८२.४७ रहेको छ ।

बैंकले सार्वजनिक गरेको विवरण हेर्नुहोस्:- 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको