Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज, के के हुदैँछ सभामा?

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, ०७ : ४६ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज, के के हुदैँछ सभामा?

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा आज बस्दै छ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश पारित प्रस्ताव सहित आज साधारण सभा हुन् लागेको हो। 

बैंकले आज मंसिर २४ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउसो १ बजे सुरु हुने भनिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुकक्लोज गरेको थियो । अर्थात  मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र बैंकको सभामा सहभागिता हुन पाउनेछन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको