Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमूल्य समायोजन : स्ट्याण्डर्ड चार्टर्डको नयाँ मूल्य कति?

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, ०७ : ५५ मा प्रकाशित

सेयरमूल्य समायोजन : स्ट्याण्डर्ड चार्टर्डको नयाँ मूल्य कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य मंसिर १२ गते समायोजन गरेको छ। बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेपछि नेप्सेले नयाँ समायोजित मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकले घोषणा गरेको ६.५ प्रतिशत बोनस सेयर समायोजन गरी शेयरमूल्य रु ७१३.६२ कायम गरेको छ। समायोजनका लागि अघिल्लो कारोबार दिनको अन्तिम मूल्य रु ७६० लाई आधार मानेर गणना गरिएको हो। समायोजनपछिको नयाँ मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार बुधबारबाट सुरु हुनेछ।

बैंकले आफ्नो ३८औँ वार्षिक साधारण सभा मंसिर २५ गते काठमाडौँको आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ९:३० बजे आयोजना गर्ने भएको छ। साधारण सभामा बोनस र नगद लाभांश वितरणका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ। बैंकले हाल कायम चुक्ता पूँजीमा ६.५ प्रतिशत बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्नेछ।

यसका साथै साधारण सभाले आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। बैंकको लाभांश वितरण र अन्य महत्त्वपूर्ण निर्णयका लागि यो साधारण सभा लगानीकर्ताहरूका लागि विशेष चासोको विषय बनेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको