Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्डको ब्याज आम्दानी घट्दा, प्रति सेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २० साउन २०८१, ०८ : ५५ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्डको ब्याज आम्दानी घट्दा, प्रति सेयर आम्दानी कति ?

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा 
गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा बैंकले  ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा  ४.५१ प्रतिशत घटेको हो। अघिल्लो बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। 

खुद ब्याज आम्दानी घट्नुको असर खुद नाफामा 
असार मसान्त सम्म बैंकले खुद ब्याज आम्दानी ५ अर्ब १५ करोड ४४ लाख कमाएको छ।  जुन अघिल्लो आर्थिक वर्षको समीक्षा अवधि तुलनामा  १३.४६ प्रतिशत घटेको हो। तेस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशतले बढेको छ।

खुद सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घट्यो 
बैंकको खुद सञ्चालन आम्दानीमा ७.५३ प्रतिशत गिरावट आएको हो। २०८० असार सम्म ७ अर्ब ८४ करोड आम्दानी गरेको बैंकले २०८१ असार सम्म केबल ७ अर्ब २५ करोड आम्दानी गरेको छ।  तेस्तै बैंकको सञ्चालन मुनाफा  पनि ४.५३ प्रतिशतले घटेको छ।

बढ्यो खराब कर्जा 
बैंकको खराब कर्जा १.१८ बाट बढेर २.१४ पुगेको छ। 

प्रति सेयर आम्दानी
३५ रुपैयाँ ९ पैसा (१ रुपैयाँ ६६ पैसा घट्यो ) 

प्रतिसेयर नेटवर्थ
२१८ रुपेयाँ ४ पैसा 

मूल्य आम्दानी अनुपात
१७.२१ गुणा

वितरणयोग्य मुनाफा
२ अर्ब ४९ करोड रुपैयाँ

वितरणयोग्य प्रति सेयर आम्दानी
२६ रुपैयाँ ५० पैसा

चुक्ता पूँजी
९ अर्ब ४२ करोड ९४ लाख

जगेडा कोष
११ अर्ब १३ करोड २ लाख रुपैयाँ

निक्षेप संकलन र कर्जा लगानी 
असार मसान्त सम्म बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको