Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न, तिनाउ मिसनलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १४ : ३८ मा प्रकाशित

सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न, तिनाउ मिसनलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा आज (माघ १५ गते बिहिबार) बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको हो । 

सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गर्नुभएको विशेष प्रस्ताव पारित भएको हो । 
यस विशेष साधारण सभालेतिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ ।तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर (१:०.९६) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ । 

यसै बीच, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको पनि मिति २०७७ माघ १५ गते,सम्पन्न वार्षिक साधारण सभाले समेत तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंकको विशेष/वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई  तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडप्राप्ति गर्नका लागि बाटो खुलेको हो । 

एक महिना भित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिँदै डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताकालागी सेयरधनीहरुलाई बैंकसंचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाटआभार प्रकट गर्नुभयो । यसका साथसाथै प्राप्ति पश्चात बैंकको  वित्तीय, मानवश्रोत, प्राविधिकएवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्तm गर्नुभयो ।
२०७७ साल माघ १४ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा  हुनेछ । । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी  ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ । 


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको