हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि (कात्तिक २० गते) बुक क्लोज गर्ने भएकाले यसको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्दैछ । जसमध्ये २० प्रतिशत (१० कित्ताका लागि २ कित्ता) बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । यो लाभांश पारित गर्नका लागि यही कात्तिक ३० गते आइतबार पर्सा जिल्लाको लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि कम्पनीको २५ औं वार्षिक साधारणसभा बस्दैछ ।
उक्त सभाले गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, ५ सञ्चालकको अवधि ४ वर्ष थप्ने, कम्पनीको ब्राण्डका मदिरा उत्पादन अरू कम्पनीबाट पनि गर्ने गरी सम्झौता गर्ने र सञ्चालक समितिका सदस्यको दुर्घटना तथा औषधोपचार सेवा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी बोनस सेयर वितरणछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस