Like us!
Follow us!
Connect us!
Watch us!

चौथो टि–२० मा भारतले अष्ट्रेलियालाई दियो १६८ रनको लक्ष्य

अर्थ संसार

विहीबार, २० कार्तिक २०८२, १५ : ५५ मा प्रकाशित

चौथो टि–२० मा भारतले अष्ट्रेलियालाई दियो १६८ रनको लक्ष्य

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले चौथो खेलमा घरेलु टोलिलाई जितका लागि १६८ रनको लक्ष्य लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाए पछि घरेलु टोलिले १६८ रनको लक्ष्य पाएको हो । 

पहिले ब्याटिङ गरेको भारतका लागि सुभमन गिलले सार्वधिक ४६ रनको योगदान दिए । त्यस्तै अभिशक शर्मामाले २८ रनको योगदान दिए । त्यस्तै सुभव दुवेले २२ रन बनाए । अक्षर पट्टेलले २१ रनको अविजित पारी खेले भने सूर्य कुमार यादवले २० रन बनाए । 

अष्ट्रेलियाका लागि न्याथन एलिस र एडम जाम्पाले समान ३–३ विकेट लिए । पाँच खेलको सिरिज १–१ को बराबरीमा रहेको छ । पहिले खेल बर्षाले प्रभावित भएको थियो भने दोस्रो खेलमा अष्ट्रेलिया र तेस्रो खेलमा भारत विजयी भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको