Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको अवितरित सेयर लिलाम बिक्रीमा, मूल्य प्रतिकित्ता १०० रुपैयाँ

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, ०८ : ३३ मा प्रकाशित

रिभर फल्स पावरको अवितरित सेयर लिलाम बिक्रीमा, मूल्य प्रतिकित्ता १०० रुपैयाँ

रिभर फल्स पावर लिमिटेडले अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित सेयर लिलाममा राखेको हो । 

कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर लिलाम बिक्रीमा राखेको छ । उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्था लगायत इच्छुक सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन अर्थात् सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।

बोलपत्र कात्तिक २६ गतेदेखि मंसिर ३ गतेभित्र पेश गर्नु पर्नेछ । यस्तो बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयका साथै प्रभु बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, हेटौंडा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको