अख्तियार दुरुपयोग अनुसन्धान आयोगले (अख्तियार) राजस्व रकम हिनामिनामा संलग्न भएको आरोपमा आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार, मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार ५१ रुपैयाँ (भ्याटबाहेक)मा ठेक्का सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार कम्पनीले १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ भ्याट आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्नेमा कर अधिकृत आले र कम्पनीका निर्देशक बस्नेतले मिलेमतो गरी सो रकम अनियमित गरेको अख्तियारले जनाएको छ।
घटनामा संलग्न रहेको ठहर गर्दै दुबै जनाविरुद्ध उही १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागसहित आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस