Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १० करोड ४८ लाख बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

आइतबार, १८ माघ २०७७, ०९ : ११ मा प्रकाशित

राष्ट्र बैंकले १० करोड ४८ लाख बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता विभिन्न कोषमा रहेको रकम २०७७ फागुन २ गतेदेखि २०७८ फागुन १ गते सम्म ९३६५ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।


बैंकले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ८ करोड ३९ लाख रुपैयाँ, विकास बैंकमा १ करोड ५७ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५२ लाख रुपैयाँ लगानी गर्न लागेको एक सूचनामार्फत जानकारी दिएको छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई माघ २० गते दिउँसो २ बजेभित्र आवेदन पेश गर्न अनुरोध गरेको  छ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

601624a258eea.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको