Like us!
Follow us!
Connect us!
Watch us!

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १० : ३० मा प्रकाशित

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ ।

बैंकले ६ वर्ष अवधिकाे "विकास ऋणपत्र २०८३ (ग)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।

यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ । उक्त ऋणपत्रकाे बाेलकबाेल माघ २० गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । माघ २१ गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८३ साल माघ २१ गते भुक्तानी हुनेछ । 

त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात्  ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छुट्याइएको छ । 

विकास ऋणपत्र​काे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

60178896e1958.jpg 6017889de397d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको