Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको नाफा १५ करोड ९७ लाख

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १३ : ०३ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको नाफा १५ करोड ९७ लाख

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २०७७/७८ को दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । यस संस्थाले आ.व. २०७७/७८ को दोश्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ८ अर्ब ५५ करोड पुर्याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब ४ करोड पुर्याउन वित्तीय संस्था सफल भएको छ । 

वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.९६ % र प्रतिसेयर आम्दानी रु २१.५९ रहेको छ । त्यसैगरी, संस्थाले दोश्रो त्रमासमा खुद नाफा १५ करोड ९७ लाख आर्जन गरेको छ ।
 
यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम समझौतापत्रमा मिति २०७७/०९/१० मा हस्ताक्षर गरिसकेको छ । गाभ्ने/गाभिने  (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ । 

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको