Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तले कसलाई चुन्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १३ : २१ मा प्रकाशित

महिला लघुवित्तले कसलाई चुन्यो सेयर रजिष्ट्रार ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ । 

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण प्रसाद न्यौपानेले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्ष गर्नुभयो ।

उक्त कम्पनीको सेयर रजिष्ट्रार (RTS) सम्बन्धि सेवाप्रारम्भ हुने मिति सार्वजनिक सूचनामार्फत सर्वसाधरण शेयरधनीमहानुभावहरुलाई जानकारी गराईने छ ।
 
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको