Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला, व्याजदर कति ?

अर्थ संसार

विहीबार, २२ माघ २०७७, ०७ : ५२ मा प्रकाशित

कामना सेवा विकास बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला, व्याजदर कति ?

कामना सेवा विकास बैंक लिमिटेडले आज (माघ २२ गते, बिहीबार) बाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ६ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते साेमबार निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियाे ।


लगानीकर्ताले यस ऋणपत्रमा आजदेखि छिटोमा माघ २६ गतेसम्म र ढिलोमा फागुन ६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

601b5700bc271.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको