Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह

अर्थ संसार

विहीबार, २२ माघ २०७७, १४ : ३६ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेकाे छ । कम्पनीले लाभांश वितरण गर्नको लागि  सेयरधनीहरूलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेकाे हो ।

कम्पनीले माघ २८ गते हुन गइरहेकाे बीसाैँ वार्षिक साधारण सभाबाट पारित हुने आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट वितरण गरिने २० प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरिने भएकाे हुनाले बैंकले खाता अद्यावधिक गर्न आग्रह गरेकाे हाे । 

त्यसैगरी, कम्पनीले विगत वर्षहरुमा वितरण गरिएको बोनस शेयर प्रमाण-पत्र तथा नगद लाभांश हालसम्म पनि नलिएका सेयरधनीले कम्पनीको प्रधान कार्यालयको सेयर शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । कम्पनीकाे सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनी​​ले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:- 

601bb8037f611.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको