Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका आज

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, ०७ : ५७ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका आज

मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गते, आइतबारबाट निष्काशन तथा बिक्री खुला गरेकाे ऋणपत्रमा आवेदन दिने  आज (माघ २३ गते, शुक्रबार) अन्तिम दिन रहेको छ । 

यसअघि (माघ २१ गते, बुधबार) अन्तिम दिन रहेकोमा म्याद थप गरी फागुन २ गतेसम्म आवेदन दिने पाइने भनिएको थियो । माग गरिएभन्दा बढी आवेदन परेपछि आजसम्म मात्र आवेदन दिन पाइने भएको हो । 

फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ३ लाख कित्ता बिक्री खुल्ला गरेकाे हाे । ल

गानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । फाइनान्सले ८ वर्ष अवधिको लागि ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न असोज २१ गते बुधबार नेपाल धितोपत्र बोर्ड (सेबाेन)मा निवेदन पेश गरेकाेमा बोर्डले फाइनान्सलाई पाैष २६ गते, आइतबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियाे ।

फाइनान्सकाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

601caa6a62aee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको