Like us!
Follow us!
Connect us!
Watch us!

अब आफु बसेकै ठाउँबाट मन्जुश्री फाईनान्समा सजिलै खाता खोल्न सकिने

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, १३ : ०८ मा प्रकाशित

अब आफु बसेकै ठाउँबाट मन्जुश्री फाईनान्समा सजिलै खाता खोल्न सकिने

मन्जुश्री फाईनान्सले ग्राहकहरुको सुविधाको लागि अब आफु बसेकै ठाउँबाट सजिलै खाता खोल्नका लागि “Online Account Opening” को सुविधा ल्याएको छ ।

उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको यस फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खाेल्ने सुविधा उपलब्ध गराएकोे हो । साथै “मञ्जुश्री प्रिमियम बचत खाता” र १ वर्ष वा सो भन्दा बढि अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ ।

स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

यस संस्थाले २०७९ मङ्गसिर सम्म रु. १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रही न्युरोड, चावहिल, गंगवु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सावजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, ईनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्ज, लगायतका शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको