मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँको कुल ६.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार, कम्पनीले शेयरधनीहरूलाई कुल ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ नगद लाभांश प्रदान गर्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस