Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको चौथो त्रैमास: नाफामा करिब ४०% वृद्धि, कर्जा–निक्षेप दुवैमा उकालो

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, ०७ : ३६ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको चौथो त्रैमास: नाफामा करिब ४०% वृद्धि, कर्जा–निक्षेप दुवैमा उकालो

मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको संस्थाले यस वर्ष ३१ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो वृद्धि दर ३९.९७ प्रतिशत हो। खुद ब्याज आम्दानीमा सुधार र सञ्चालन आम्दानीमा भएको वृद्धिले नाफा बढाउन मुख्य भूमिका खेलेको छ।

आम्दानी र मुनाफामा सुधार
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशत बढी हो। सञ्चालन मुनाफा पनि ४८.५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँमा पुगेको छ। यस अवधिसम्मको वितरणयोग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ।

निक्षेप र कर्जामा वृद्धि
संस्थाको निक्षेप २५.८९ प्रतिशतले बढेर २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा कुल कर्जा १९.६५ प्रतिशतले वृद्धि भई १८ अर्ब ५९ करोड रुपैयाँमा पुगेको छ। असार मसान्तसम्म मञ्जुश्रीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ छ। रिटेन्ड अर्निङ ७३ करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा पनि ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

कर्जा गुणस्तरमा सुधार र प्रतिशेयर आम्दानी वृद्धि
समीक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशतमा पुगेको छ। नाफासँगै प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ। संस्थाको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २६.७९ गुणा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको