Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, ११ : ११ मा प्रकाशित

मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । 

कम्पनीकाे पाैष १ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण पारित गरेकाे छ । साेही बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

उक्त बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण / अनुसूचीहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ।

सूचना हेर्नुहाेस् :

639ea553c2e52.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको