Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाईनान्सको कुमारीपाटी शाखा कार्यालयको उद्घाटन

अर्थ संसार

विहीबार, १३ असोज २०७९, १० : ४५ मा प्रकाशित

मञ्जुश्री फाईनान्सको कुमारीपाटी शाखा कार्यालयको उद्घाटन

मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५,  कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ । कम्पनीकाे संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम तथा अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

२०७९ साल भाद्र मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले  रु ११.५२ अर्ब निक्षेप संकलन गरि रु १०.८८ अर्ब कर्जा परिचालन गरेको छ  । 

यसका साथै यस फाईनान्सले विप्रेषण, मोबाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा  लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको