Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय लघुवित्तको नाफा ६४.९० प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, ११ : २३ मा प्रकाशित

सूर्योदय लघुवित्तको नाफा ६४.९० प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ६० लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ६४.९० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ७९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ४५ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा ३ करोड २ लाख ६८ हजार रुपैयाँ घाटामा छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ९२ लाख २१ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ १३ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

601cd9904f6e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको