Like us!
Follow us!
Connect us!
Watch us!

सुर्वोदय वोमी लघुवित्तको ५६ हजार कित्ता सेयर बिक्रिमा, सबैले आवेदन दिन पाउने

अर्थ संसार

बुधबार, १२ असोज २०७९, ०७ : ३९ मा प्रकाशित

सुर्वोदय वोमी लघुवित्तको ५६ हजार कित्ता सेयर बिक्रिमा, सबैले आवेदन दिन पाउने

सुर्वोदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ५६ हजार १४ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यलय साँगा काभ्रेपलान्चोकमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः

6333a9a3d2fda.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको