Like us!
Follow us!
Connect us!
Watch us!

वोमी र सूर्योदय लघुवित्तबीच मर्जरकाे अन्तिम सम्झाैता

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १२ : १८ मा प्रकाशित

वोमी र सूर्योदय लघुवित्तबीच मर्जरकाे अन्तिम सम्झाैता

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेबीच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि अन्तिम सम्झाैता भएकाे छ । 

यी दुई संस्थाबीच बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ बमाेजिम गाभ्न/गाभिनका लागि हिजाे (पाैष २९ गते, बिहीबार) अन्तिम सम्झाैतापत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएकाे संस्थाले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदाै १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियाे । राष्ट्र बैंकले कार्तिक १ गते सैद्धान्तिक सहमति प्रदान गरेकाे थियाे । 

बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम भदाै १६ गते, बुधबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुवै संस्थाकाे काराेबार राेक्का रहेकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61e11a5a4abf4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको