Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको नाफामा १३ प्रतिशतको गिरावट, २१ रुपैयाँले घट्यो ईपिएस

अर्थ संसार

सोमबार, १६ साउन २०७९, ०६ : ०५ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको नाफामा १३ प्रतिशतको गिरावट, २१ रुपैयाँले घट्यो ईपिएस

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले  १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.०२ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले  १६ करोड ५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ४५.६७ प्रतिशतले बढेर ४६ करोड ७६ लाख ७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३२ करोड १० लाख २ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा भने १६.०६ प्रतिशतले घटेर १८ करोड ७९ लाख ८७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २२ करोड ३९ लाख ६६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँ र जगेडा कोषमा ८५ करोड ८७ लाख ७३ हजार रुपैयाँ सञ्चित रहेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ८९.५२ प्रतिशतले बढि हो । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ५५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको