Like us!
Follow us!
Connect us!
Watch us!

सुर्योदय लघुवित्तले डाक्याे साधारण सभा : लाभांश पारित र मर्जर मुख्य एजेन्डा

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, ११ : १४ मा प्रकाशित

सुर्योदय लघुवित्तले डाक्याे साधारण सभा : लाभांश पारित र मर्जर मुख्य एजेन्डा

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (मंसिर २२ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष १६ गते, शुक्रबार सहयात्री पार्टी प्यालेस, पुतलीबजार, स्याङ्जामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाको कार्तिक २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा सुर्योदय लघुवित्त वित्तीय संस्था वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने/गाभिने (मर्जर) काे प्रस्ताव पारित गरिनेछ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदाै १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियाे । बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम भदाै १६ गते, बुधबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुवै संस्थाकाे काराेबार राेक्का रहेकाे छ ।

वार्षिक साधारण सभालाई ध्यानमा राखी पाैष १ गतेदेखि पाैष १६ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ । हाल यस वित्तीय संस्था वोमी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर प्रक्रियामा) रहेको हुँदा सेयर कारोबार रोक्का रहिरहेकाले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा प्रचलित कानुन बमोजिम यस संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल काठमाण्डौमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र यस सभामा भाग लिन र बोनस सेयर पाउने छन्।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b1972cb790f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको