Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध होः उपप्रम पोखरेल

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १६ : २३ मा प्रकाशित

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध होः उपप्रम पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाग्मती प्रदेश कमिटीले आज (शुक्रबार) नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजना गरेको आमसभामा उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका लागि भएको स्पष्ट पारेका छन् । 

लामो राजनीतिक अस्थिरताबाट आक्रान्त मुलुकलाई स्थायित्व दिने र आर्थिक विकास समृद्धिबाट पछि परेको मुलुकलाई अघि बढाउने प्रधानमन्त्री ओलीको उद्देश्य रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘संविधानको रक्षा गर्दै अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा त्यसलाई असफल गर्ने काम भएकाले’ सोकोविरुद्ध  प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको स्पष्ट गरे ।  सम्पूर्ण कुराको फैसला जनताले गर्ने भएकाले ताजा जनादेशमा जाने निर्णय गरेर अघि बढिएको उनले बताए । उनले भने, “जनताले जे फैसला गर्छन्, त्यो हामी शिरोधार्य गर्ने भनी निर्वाचनमा जान लागेका हौँ ।” 

त्यस्तै, पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमा धक्का दिएर निकाल्ने दुष्प्रयास भएको उनको भनाइ थियो । हिजो महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई फेरि महाधिवेशन नगरी हटाउन खोजिएको बताउँदै उनले भने, “यो कुरा आमजनता र कार्यकर्ताले रुचाएका छैनन् ।” 

आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिँदै संविधानको रक्षा तथा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउने उद्देश्यमा सरकार लागिपरेको उनले बताए । 

त्यसैगरी, आमहडताल गरी नेपाल बन्द गराउने कामको विरोध गर्दै उनले काम गरेर जीविकोपार्जन गर्ने ट्याक्सी चालकको ट्याक्सी तोडफोड गरिएकामा सरकारले त्यसको क्षतिपूर्ति दिने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध भएको जनाउँदै उनले भने, “ यो आर्थिक वृद्धि र समृद्धिमा जान नदिनेको विरुद्धको लडाइँ हो, त्यसलाई कमजोर हुन दिइने छैन ।” 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको