Like us!
Follow us!
Connect us!
Watch us!

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, १६ : ३९ मा प्रकाशित

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

 उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ । 

आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने बताउनुभयो । 

‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका बिभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’– उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । 

सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

कोरोनाका बिरामीलाई लुट्दै निजी अस्पताल, एक रातकै शुल्क ५० हजार रुपैयाँसम्म

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको