Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ  इन्स्योरेन्सको नाफासँगै बिमा शुल्क पनि बढ्यो

अर्थ संसार

आइतबार, २५ माघ २०७७, ११ : ४७ मा प्रकाशित

सिटिजन लाइफ  इन्स्योरेन्सको नाफासँगै बिमा शुल्क पनि बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ९.८१ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १० करोड ३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ७३.२९ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ७९ करोड ३६ लाख ८८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषमा ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ रहेकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरकाे ७५ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्दैछ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ कराेड रूपैयाँ रहेको छ ।  साधारण शेयर (आइपिओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ५० कराेड रूपैयाँ पुग्नेछ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण हेर्नुहोस् :-

601f82f30ba4b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको