Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफ आईपिओमा कति दिने आवेन ? अहिलेसम्म कति पर्यो आवेदन ?

अर्थ संसार

आइतबार, २५ माघ २०७७, १८ : ३७ मा प्रकाशित

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा आइतबारसम्म माग भन्दा धेरै गुणा बढीको आवेदन परेको छ । 

आइतबार बेलुकासम्म  ७ लाख ८७ हजार ७२० जना आवेदकले १ अर्ब ४३ करोड २६ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २६ हजार २ सय २० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ४।४१ गुणा बढी आवेदन हो । 

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  ९आइपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको छ । 

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कति दिने आवेदन ? 

माग भन्दा धेरै आवेदन परिसकेकोले न्यूनतम १० कित्ता अर्थात एक हजारको आवेदन दिदाँ राम्रो हुनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको