ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ । यस सातामा अब भाेलि मात्र बाँकी रहेकाे हुनाले । सम्भवत कम्पनीकाे आईपीओ भाेलि शुक्रबार नेप्सेमा सूचिकृत हुनेछ । कम्पनीकाे काराेबार दाेश्राे बजारमा अर्काे सातादेखि हुने तयारी गरिएकाे छ ।
हाल अधिकांश लगानीकर्ताहरूमा ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओले ओपनिङ्ग रेञ्ज कति पाउला ? दाेश्राे बजारमा कम्पनीकाे मूल्य कतिसम्म पुग्ला ? जस्ता हुन् । त्यसैले, आज यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासाेकाे विषय बनेकाे ग्रीन लाइफ हाइड्रोपावरको ओपनिङ्ग रेञ्जकाे विषयमा कुरा गर्नेछाैँ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम मूल्य ९९ रूपैयाँ ६७ पैसादेखि अधिकतम २९९ रूपैयाँ एक पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ९९ रूपैयाँ ६७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २९९ रूपैयाँ एक पैसा हुन्छ ।
कम्पनीले माघ २३ गते, शुक्रबारदेखि माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्दा भाग्यमानी २ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस