Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक के भए ?

अर्थ संसार

सोमबार, २६ माघ २०७७, ०७ : ४४ मा प्रकाशित

सानिमा लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक के भए ?

सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार कम्पनीले दोश्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ करोड ३ लाख १३ हजार रुपैयाँले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५१ लाख ७८ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बिमाशुल्कबापत ९५ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आय ३४ करोड ८५ लाख रुपैयाँमा सिमित थियो ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा १७ करोड १९ लाख ९४ हजार रुपैयाँ रहेकाे छ ।  
 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

60209b8e62474.JPG 60209ba0e4c50.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको