Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको ऋणपत्र धमाधम बिक्री हुँदै, कति दिने आवेदन ?

अर्थ संसार

सोमबार, २६ माघ २०७७, ०८ : ०७ मा प्रकाशित

कामना सेवाको ऋणपत्र धमाधम बिक्री हुँदै, कति दिने आवेदन ?

कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गते, बिहीबारबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र धमाधम बिक्री गरिरहेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ६ लाख कित्ता बिक्री गर्नेछ । उक्त अब फागुन ६ गतेसम्म आवेदन दिन सकिने भएको छ। यसअघि माघ २६ आजमाघ २६ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा म्याद थप गरिएको हो  ।

 सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते साेमबार निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियाे ।

लगानीकर्ताले यस ऋणपत्रमा  फागुन ६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

6020a13c2f4d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको