फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीयण संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा फागुन २१ गते शुक्रबार बिहान ११ बजेबाट सुरु  हुँदैछ । 
सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशतले बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश पारित गर्दैछ । 
सभा र लाभांश प्रयोजनका लागि संस्थाले आउँदो फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीहरुले मात्र लाभांश लिन र सभामा भाग लिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस