Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको नाफासँगै बिमाशुल्क पनि बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १२ : ३६ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको नाफासँगै बिमाशुल्क पनि बढ्यो, प्रतिसेयर आम्दानी कति ?

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड ४२ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीले यो नाफा ३०.४४ प्रतिशत धेरै हो ।  गत वर्ष सोहि अवधिसम्म कम्पनीले ५ करोड ६९ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

त्यसैगरी, कम्पनीले  बीमाशुल्कबापत ५० करोड ३७ लाख ९६ हजार  रुपैयाँ आर्जन गरेको छ । गत वर्ष सोहि अवधिसम्म कम्पनीले  ४८ करोड ६२ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ र जगेडा कोषमा ३१ करोड १७ लाख १२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.५५ र प्रतिसेय र नेटवर्थ  १६१.६५ रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

6022325c22495.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको