Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १३ लाख ४८ हजार  कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १३ : ५५ मा प्रकाशित

नेप्सेमा १३ लाख ४८ हजार  कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार संस्थाको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

संस्थाको मंसिर २२ गते सम्पन्न  २२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।  सोहि बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको