Like us!
Follow us!
Connect us!
Watch us!

सुनको अण्डा दिने महिला लघुवित्तको आइपिओ बिक्री खुल्ला, कति दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, ३० माघ २०७७, ०० : ०० मा प्रकाशित

सुनको अण्डा दिने महिला लघुवित्तको आइपिओ बिक्री खुल्ला, कति दिने आवेदन ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले  साधारण सेयर (आइपिओ) आजदेखि अर्थात शुक्रबार निष्कासन तथा बिक्री खुल्ला भएको छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।   जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटाेमा फागुन ४ गतेदेखि ढीलाेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आइपिओमा आवेदन कसरी दिने ?

 
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

संस्थाकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।माग भन्दा धेरै आवेदन पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ लगानी गर्नु राम्रो हुन्छ । 

१० कित्ता आईपिओले विकृती ल्यायो, नेप्सेबाट काम नै भएन | Bhismaraj Dhungana | Share Split के सम्भव छ?

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

सेयरकाे प्राविधिक विश्लेषण कसरी गर्ने ? बजार ८००० माथि पुग्न सक्छ | Bimal Tiwari | Arthasansar Talk

राम्रो कम्पनी कसरी छनोट नगर्ने ? सेयर बजारबाट मालामाल हुने सुत्र Chhote Lal Rauniyar|ArthasansarTalk

३० वर्ष देखि लगानी गर्दै आएका ८५ वर्षीय सक्रिय सेयर लगानीकर्ता : नयाँ लगानीकर्तालाई यस्तो सुझाव

व्यवसायमा असफल सेयरमा सफल | बैंकका सेयर नबढे,बजार दिगो हुदैन | Nani Babu Kharel | लगानीकर्ताको आवाज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको