Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २२.४७ प्रतिशतले बढ्दा अन्य सूचक के भए ?

अर्थ संसार

शुक्रबार, ३० माघ २०७७, ११ : २२ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २२.४७ प्रतिशतले बढ्दा अन्य सूचक के भए ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा गत वर्षको सोहि अवधिको तुलनामा २२.४७ प्रतिशतले धेरै हो । गत वर्ष यही अवधिमा कम्पनीको नाफा ३५ करोड ९ लाख रुपैयाँ रहेको थियो।

त्यसैगरी, चालु वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १७ अर्ब ८ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। यो आम्दानी गत वर्षको यही अवधिको तुलनामा २२.८४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १३ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। 

त्यस्तै, कम्पनीको  जीवन बीमा कोषको आकार पनि ७७ अर्ब ५९ करोड रुपैयाँबाट बढेर १ खर्ब १ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। 

कम्पनीको चुक्तापुँजी ७ अर्ब १९ करोड रुपैयाँ र  जगेडा तथा कोष १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । 

प्रतिसेयर आम्दानी (ईपीएस) ११.९४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४९.६८ रुपैयाँ रहेको  छ। 
 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :-

602616a18f380.JPG 602616a4beea3.JPG 602616a8a9896.JPG 602616ac2aadf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको