Like us!
Follow us!
Connect us!
Watch us!

महिला लद्युवित्तको आईपीओमा कति पर्यो आवेदन ? यसो भन्छ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट

अर्थ संसार

शनिबार, ०१ फागुन २०७७, १७ : २६ मा प्रकाशित

महिला लद्युवित्तको आईपीओमा कति पर्यो आवेदन ? यसो भन्छ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट

सार्वजनिक दिन निष्कासन भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले  साधारण सेयर (आईपीओ) कति पर्यो आवेदन ? आम लगानीकर्ताको चासोको विषय बनेको छ ।

माघ ३० गते अर्थात शुक्रबार सार्वजनिक बिदा र फागुन १ गते शनिबार भएकाले अहिलेसम्म आवेदनको संख्या भन्न सक्ने अवस्था नभएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले जनाएको छ ।  बैंकबाट परेको आवेदन डाटाको भेरिफाइ भएको छैन्, आइतबार मात्रै आवेदन कति पर्यो थाहा हुने  बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले जनाएको छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।   जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

संस्थाको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।माग भन्दा धेरै आवेदन पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ लगानी गर्नु राम्रो हुन्छ । 

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको