स्नो रिभर्स लिमिटेडलेआज वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले कुल ७ करोड ७८ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेको जनाएको छ। लगानीकर्ताले निष्काशन बन्द हुने मितिभित्र न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
यस आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशनको अनुमति यसअघि नै प्रदान गरिसकेको थियो। कम्पनीले ताप्लेजुङ जिल्लामा १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाबाट २०८१ पुस ५ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भएको हो।
रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस