Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको आईपीओमा आवेदनको ओइरो, कति पर्यो आवेदन ?

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १२ : ०२ मा प्रकाशित

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको  साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ । 

माघ ३० गते अर्थात शुक्रबारदेखि निष्कासन भएको आईपीओमा आइतबार ११ :४० बजेसम्म ८४ हजार  ७५ जना आवेदकबाट १२ लाख ४६ हजार ३ सय १० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले अर्थ संसारलाई जानकारी दिएको छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

  जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।माग भन्दा धेरै आवेदन पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ लगानी गर्नु राम्रो हुन्छ । 

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको